राजनीति

मलेसियाको ट्वीन टावर र नेपालका भ्यूटावरहरु उस्तै प्रकृतिका रहेको एमाले अध्यक्ष ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरको विरोध गर्नेहरु विकासविरोधी भएको बताएका छन् ।

सामाजिक सेवा केन्द्र स्थापना घोषणा कार्यक्रममा अध्यक्ष ओलीले केही गर्न नसक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि विरोध गरेको बताएका हुन् ।

भ्यू टावरहरू नेपालको सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको उनको दाबी छ । विकासको मोडेल नबुझ्नेहरुले भ्यूटावरको विरोध गरिरहेको भन्दै उनले मलेसिमा महाथिर बनाएको ट्वीन टावर र नेपालका भ्यूटावरहरु उस्तै रहेको समेत बताए ।

मलेसियाको भ्यू टावर व्यापारिक केन्द्र र अर्थतन्त्रको केन्द्र भएको भन्दै अध्यक्ष ओलीले नेपालमा बनेका भ्यूटावरहरु समेत पर्यटन स्थलहरू भएको दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *