राजनीति

कांग्रेस कहिल्यै झुठ बोल्न जान्दैन, जनताको काम सधैँ इमान्दारिताका साथ गर्छ: नेता बस्नेत

बलेफी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले हामीले समीक्षा गरियो र अनुशासन भयो भने कांग्रेस नहार्ने बताएका छन् । सिन्धुपाल्चोकमा नेपाली कांग्रेस बलेफी गाउँपालिका कार्यसमितिले मंगलबार अयाोजना गरेको बधाइ तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । कार्यक्रममा नेता बस्नेतले कम्युनिस्टले हुँदै नभएको कुरा गर्दा पनि जनताले पत्याउने गरेको भन्दै चिन्ता व्यक्त गरे । ‘नेता बस्नेतले भने, ‘कांग्रेसले गरेको कामलाई पनि जनताले पत्याएनन, कांग्रेसले कहिल्यै झुठ बोल्न जान्दैन, बरु जनताको काम सधैँ इमान्दारिताका गर्छ।’

पहिला कम्युनिस्टको हुरुरु जुलुस आउँथ्यो, यो बाह्रबिसेको घरहरू हाम्रा कार्यकर्ताहरूलाई बाँड्ने हो । कोठा कुन–कुन हो ? अहिले रोजिराख्नु भन्थे । तरर ‘ताली बजाइदिन्थे’, उनले भने, ‘कांग्रेसले जे गरे पनि नपत्याउने, अहिले देशभरि कांग्रेसले राम्रो काम गरेको कुरालाई बजारमा गएर मार्केटिङ गर्न सकेको भए । कम्युनिस्टहरूले नचाहिँदो कुरा गरेको भ्रम हामीले चिर्न सकेको भए, कांग्रेसले कांग्रेसलाई भोट हालेको भए, कांग्रेसका उम्मेदवार कोही पनि हार्ने थिएनन्’ नेता बस्नेतले भने ।

‘सिन्धुपाल्चोकको क्षेत्र नं. १ मा चारवटा पालिकामा कांग्रेस एक सय चानचुन मतान्तरले हारेको छ । त्यो पनि कांग्रेसकै कारणले भएको उदाहरण दिँदैन नेता बस्नेतले भने, ‘एउटा वडामा दश जना नेता टिकट पाउन सक्षम छन् । त्यसमा एउटाले टिकट पाउँछ । अरु नपाउने बिर्गान लाग्छन् ।’

बाह्रबिसे नगरपालिकामा १३ वटा कार्यकारी पद कांग्रेसले जितेको छ । ६ वटा मात्रै एमालेको हो । माओवादी नील छ’, नेता बस्नेतले भने । ‘कांग्रेसले बजेट विनियोजन गर्ने बेलामा हैसियत राख्न सकेन । किन सकने भने वडा नं. २ को वडाध्यक्ष जसलाई हामीले कांग्रेसको टिकट दियौँ । उसलाई संसदीय दलको नेता मानेर चिठी दियौं’, नेता बस्नेतले भने, ‘एमाले हामीभन्दा आधा पनि छैन । कांग्रेसले नचाहने हो भने मेयरले नगरपालिकामा एकसुक्का पैसा बजेट चलाउँन सक्दैन थियो । हाम्रो साथीले २५ प्रतिशत संख्या पुग्यो भने यसलाई बहुमत मानिनेछ भनेर सही गरिदिएर आए छन् ।’

नेता बस्नेतले भने, ‘त्यसलाई त्यही दिनदेखि निकालिएको हो । स्पष्टीकरण पनि मागेको हो । आखिर पार्टी छोड्यो । निकाल्ने मान्छेलाई किन राख्ने ? काला गए, गोह्रो आउँछ । वडाध्यक्ष गयो त के भयो ? पालिकाको अध्यक्ष आइसक्यो ।’‘यहाँ (कांग्रेस) व्यवस्थापन गर्ने ठाउँ भयो भने सांसद आउनेवाला छन्’, बस्नेतले भने, ‘कांग्रेस मात्रै यस्तो पार्टी भयो, जसले जनतालाई झुक्काउँदैन, फटाहा कुरा गर्दैन, विकास गर्छ, जे बोल्छ त्यही गर्छ ।’

उनले भने, ‘त्यो कुरा प्रमाणित भयो, यो चार वर्षको कार्यकालमा । पार्टीभित्र गलत प्रवृत्तिका मान्छेले अवसर पाउँदैनन् ।’‘अनुशासन समिति बनाएर राम्रा काम गर्नेलाई पुरस्कृत गर्ने हो’, उनले भने, ‘नराम्रो गर्नेलाई कारबाही गर्ने पद्धतिको विकास भएन भने पार्टीभित्र राम्रो संस्कारको विकास हुँदैन । पार्टी कहिल्यै उँभो लाग्दैन ।’

‘भन्नेले मोहन बस्नेतले बढी पेल्छ भन्छन् । चुनाव लड्यो आफैले हराउन हिँड्छन्, चुनाव सकिएपछि माफी भन्छ’, बस्नेतले भने, ‘त्यो मान्छे चाहिँ पेलुवा रे ? चुनावमा मलाई हराउन लाग्नेलाई आममाफी गर्नेलाई पेलुवा भन्छन् ।’‘हामीमा पनि सुधार गर्नुपर्छ । बिगतमा टिकट नपाउनेलाई बोलाएर सरसल्ला नगर्ने काम भएकै हो । हामीबाट कमीकमजोरी भएकै हो । यो कुरालाई पनि हामीले हिसाव गर्नुपर्छ’, बस्नेतले भनेका छन् ।

‘नेतालाई अन्त कहाँ व्यवस्थापन गर्नुपर्छ त्यो पनि हेर्नुपर्छ । पार्टीमा व्यवस्थापन गर्ने ठाउँ पनि छ । साथीहरूलाई कहाँ कहाँ व्यवस्थापन गर्ने हामीले गर्नुपर्छ’, उनले भनेका छन् ।

‘मेलम्ची र हेलम्बु बगाउने बेला केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । चुनाव हारेर बसेको कांग्रेसको कार्यकर्ता मोहनबहादुर बस्नेत हेलिकप्टर लिएर गएर बस्ती–बस्तीमा सारा मान्छेलाई पैसा बाँडेर, खाद्यान्न र स्वास्थ्य सामग्री दिएको छ’, उनले भनेका छन् ।

‘सरकारले गर्न सकेन । केपी ओलीजी हेलम्बुमा पुगेर मृत्तकको परिवारलाई ५० हजारको दरले दिन्छु भन्नु भयो, एकपैसो पनि दिनुभएन’, उनले भने, ‘मैले त्यही दिन गएर पैसा बाडेर आएँ ।’

उनले भने, ‘कम्युनिस्टले कहाँबाट आयो पैसा भनेर लेखे । बोल्ने इच्छा त थियो । माइकबाट बोल्न मिलेन । सक्नेले पैसा जहाँबाट पनि ल्याउँछ । नहुनेलाई हुनेले बाँड्ने हो । खोजेर बाँड्ने हो । एउटा चराले आफ्ना बच्चालाई जहाँबाट पनि खोजेर ल्याएर खुवाउँछ । खुवाउनु प-यो ।’

‘कांग्रेसले जताततै दाल, चालम, चिनी, भाँडा, लत्ताकपडा छ्यापछ्याप्ती बाँडेको छ’, उनले भनेका छन् ।

सिन्धुपाल्चोक कांग्रेसका सभापति जंगबहादुर लामाले पार्टीभित्र अनुशासन कायम हुनुपर्ने बताएका छन् । अनुशासन भयो भने कांग्रेसले कहिल्यै पनि नहार्ने बताए । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसका सबै उम्मेदवारलाई मिलेर जिताउन अनुरोध गरेका छन् ।

सभापति लामाले आफू सबैलाई मिलाएर लैजाने पक्षमा रहेको र सहयोग चाहिएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *