काठमाडौं । एमाले नेता भीम रावलले एमसीसीका कारण असंलग्नताको विश्वसनीयता घटेको दाबी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता बढेको बताएका बेला नेता राववले भनेका छन्,‘एमसीसी सम्झौता अनुमोदनले वाह्य शक्तिका सामु भक्तहरूको ुविश्वसनीयताु बढ्यो होला तर नेपालको स्वतन्त्रता,सार्वभौमिकता,स्वाधीनता र स्वाभिमानमा आँच पुगेको छ र नेपालको स्वतन्त्र परराष्ट्र नीति र असंलग्नताको विश्वसनीयता घटेको छ।देशको हित र स्वाधीनताका लागि नअड्ने सरकार कठ्पुतली बन्छ।’
एमाले एमसीसीप्रति सकारात्मक भएपनि नेता रावल भने एमसीसीको विरोध गर्दै आएका छन् । एमसीसी अघि बढाउने तत्कालिन केपी ओली नेतृत्वको सरकारमा भने नेता रावल समेत उपप्रधानमन्त्री रहेका थिए ।




