राजनीति

एमसीसी पारित गरेको भन्दै माओवादी सांसदले छाडे पार्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टले पार्टी छाडेको घोषणा गरेका छन् ।

प्रदेशसभामा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका सांसद विष्टले पार्टीको नीतिविपरित एमसीसी संसदबाट अनुमोदन गरेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेशसभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *