राजनीति

राष्ट्रियसभामा एमालेको नेता खिमलाल भट्टराई, प्रमुख सचेतकमा देवेन्द्र दाहाल चयन

काठमाडौं । नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । एमाले संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई दलको नेता नियुक्त गरेका हुन् ।

राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक देवन्द्र दाहाल नियुक्त भएका छन् । यसअघि भट्टराई प्रमुख सचेतक थिए । दलको नेता सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएकाले भट्टराईलाई बनाइएको हो ।

राष्ट्रियसभामा विपक्षी दलको नेता अब भट्टराई भएका छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष भट्टराई एमालेको पोलिटव्यूरो सदस्य छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *