काठमाडौं । सरकारमा रहेको जसपाले आजपनि एमसीसीको विषयमा कुनै निर्णय गर्न सकेन ।
जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकमा एमसीसीका बारेमा छलफल नै नभएको बताइएको छ । जसपाको कार्यकारिणि समितिको बैठक आइतबार पनि बस्नेछ ।
बैठकअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेता अशोक राईबीच छलफल हुनेछ ।




