राजनीति

प्रचण्ड भेट्न बामदेव पुगे खुमलटार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय सभाका सांसद वामदेव गौतमबिच भेटवार्ता भएको छ ।

गौतम माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम र प्रचण्डका बिचमा भएको छलफलमा एमसीसी र पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका बारेमा छलफल भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *