मुख्य समाचार

एकथरी महाशक्तिका पछि लागेका छन्, हामी देश जोगाउन लागेका छौंः नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसीबारे जति छलफल भए पनि कुरा नमिल्ने दाबी गरेका छन्।

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संवाददाताहरूसँग कुरा गर्दै खनालले भने, ‘एमसीसीको कुरा कहिल्यै मिल्दैन। एकथरी महाशक्तिका पछि लागेका छन्, हामी देशको सार्वभौमिकता जोगाउन लागेका छौं।’

खनालले गठबन्धन बन्ने र भत्किने कुरा ठूलो नभएको भन्दै आवश्यक परे सडक तताउने समेत चेतावनी दिए। खनालले भने, ‘आवश्यक परे सडक तताउने मात्रै होइन, बाल्छौं पनि।’

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार १ बजे बस्ने भएको छ । संसद सचिवालयले सूचना टाँसेर बैठक भोलिसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *