
काठमाडौं । एमसीसी संसदमा छलफलका लागि पस्तुत गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन् ।
एमसीसीमाथि संसदमा सैद्धान्तिक छलफल हुने अघिल्लो दिन शमाए पर्वत उद्योग वाणिज्य संघको बिहीबार हुने साधरणसभामा सहभागी हुन भन्दै पर्वतको कुश्मा पुगेका हुन् ।
यसअघि एमसीसी संसदमा टेवल हुने दिनमा समेत मन्त्री शर्मा अनुपस्थित भएका थिए । बिहिबार एमसीसीमाथि संसदमा सैद्धान्तिक छलफल हुनेछ । छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले नै दिनुपर्ने भएपनि मन्त्री शर्मा भने पर्वत पुगेका हुन् ।