राजनीति

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौं । सभामुख अग्नि सापकोटाले भोलि बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । समितिले संसदको कार्यसूची तय गर्ने प्रचलन छ । तर यसअघिको कार्यव्यवस्था परामर्श समिति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गर्दै आएको छ ।

सरकारले एमसीसी संसदमा टेवल गर्ने तयारी थालेको भएपनि आइतबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसी टेवल गर्ने विषय राखिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *