काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सत्ता गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकी छन् ।
बागमती प्रदेशको प्रथम सम्मेलनमा उपाध्यक्ष पौडेले एमसीसीका नाममा ‘गठबन्धन भत्काउने कोशिश भइरहेको भन्दै गठबन्धन कायमै रहे आगामी चुनावमा एमालेको स्थिति दयनीय हुने एमालेले बुझेकै कारण एमाले गठबन्धन भत्काउन लागिपरेको बताइन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री आफुले पाए एमसीसी पारित गर्न सहयोग गर्ने बचन दिएको समेत उनले दाबी गरिन् ।




