राजनीति

स्थानीय तहको चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने कोइरालाको तर्क

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डाक्टर शशांक कोइरालाले स्थानीय तहको चुनावमा कुनै पनि पार्टीसँग सहकार्य गर्न नहुने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकमा नेता कोइरालाले कांग्रेसको अस्तित्व जोगाउन पनि कसैसँग गठबन्धन गर्न नहुने धारणा राखेका हुन् ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा आफुले राखेको धारणाबारे जानकारी दिदै उनले भने,‘मैले के भनेभने हामी आफ्नै अस्तित्व जोगाउनुपर्छ । हामी कोही अर्को पार्टीसँग नमिलेर हामी जानुपर्छ भनेर मैले मात्रै बोले यसको बारेमा । मैले स्पष्टताका साथ राखें ।’

बैठकमा एमसीसी संसदमा टेवल गर्ने र पारित गर्न अज्य दलहरुसँग समेत छलफल गर्नुपर्ने धारणा नेताहरुले राखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *