राजनीति

पार्टी छाड्ने निर्णयमा पुर्नबिचार गर्न कमल थापालाई राप्रपाको आग्रह

काठमाडौं । पार्टी परित्याग गर्ने निर्णयमा पुर्नबिचार गर्न कमल थापालाई राप्रपाले आग्रह गरेको छ । निवर्तमान अध्यक्ष कमल थापाको पार्टी छाड्ने निर्णय अप्रत्यासित रहेको भन्दै राप्रपाले निर्णय पुर्नबिचार गर्न आग्रह गरेको हो ।

थापाको घोषणालगत्तै बसेको राप्रपाका पदाधिकारीहरुको बैठकले थापाको घोषणालाई अनपेक्षित र अप्रत्याशीत भन्दै पार्टी छाड्ने निर्णयप्रति दुःख व्यक्त गरेको छ ।

प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ती जारी गर्दै भनेका छन्,‘ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निर्वतमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्याशीत रुपमा व्यक्तिगत तबरले अगल हुने भनिएको घोषणाप्रति दुस्ख व्यक्त गर्दछौं ।’

मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा पराजित भएसँगै असन्तुष्ट रहेका थापाले मंगलबार हेटौंडामा राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *