राजनीति

भवन संहिताको पालना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवन संहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको बताए ।

२४ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपद् जोखिम न्यूनिकरणलाई ध्यानमा राखेर स्थानीय तहले पनि भवन निर्माण गर्दा भवन संहिताको पूर्ण पालना गराउनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *