अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने दाबी गरेका छन् ।
अर्घाखाँचीको दुर्गाफाँटमा भएको कार्यक्रममा भएको कार्यक्रममा महामन्त्री थापाले गुटबन्दी रोकिने दाबी गरेका हुन् । उनले भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ, सिंगो कांग्रेस बनाएर चलाउँछौं।’
महामन्त्री थापाले एमालेबाट गाउँपालिका उपाध्यक्ष जितेकी लक्ष्मी गौतमसहित ५ सय बढी कार्यकर्ताहरुलाई कांग्रेस प्रवेश गराएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएर आगामी आठ महिनामा १५ लाख जनालाई कांग्रेस प्रवेश गराउने उनले बताए ।




