राजनीति

माओवादी स्थायी कमिटिमा फरक मतबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रचण्डको प्रतिवेदनमा आएका फरक मतबारे छलफल भएको छ ।

जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै स्थायी कमिटी बैठकमा छलफल भएको हो । समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल एक स्थायी कमिटि सदस्यले जानकारी दिए ।

नेता राम कार्की र लेखनाथ न्यौपानेले पेश गरेको फरकमतबारे बैठकमा छलफल भएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *