देश

प्रतिनिधिसभा नियमावली मस्यौदा सभामुखलाई बुझाइयो, फोटो–भिडियो निषेधदेखि मन्त्रीको अनिवार्य उपस्थितिसम्म

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाइएको छ । समितिका सभापति गणेश पराजुलीले आज सभामुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

मस्यौता बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने बताए । उनले संविधान, पुराना नजिर र कानुनमा भएका व्यवस्थालाई आत्मसाथ गरेर नियमावली अनुसार सभा सञ्चालन गर्ने बताए ।मस्यौँदा समितिले बुझाएको नियमावलीको मस्यौँदामा ३० परिच्छेद २६३ दफा ७ अनुसूची छन् ।

चैत २३ गते बसेको प्रतिनिधिसभा बैठकले मस्यौदा समिति गठन गरेको थियो ।मस्यौदामा प्रतिनिधिसभा बैठकमा फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति, आकस्मिक, शून्य र विशेष समयमा उठाइएका विषयको ७ दिनभित्र अनिवार्य जवाफ दिनुपर्ने प्रावधान पनि समावेश गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *