झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।
गृहजिल्ला झापामा अध्यक्ष ओलीले देशभरी एमालेको पक्षमा जनलहर आएकाले बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने दाबी गरेका हुन् ।
झापाको दमकमा भ्यूटावरको अवलोकनपछिको सभामा अध्यक्ष ओलीले भने,‘एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो । अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्याउँछन् ।’
नेकपा माओवादी केन्द्रको महाधिवेशन शुरु भएका बेला अध्यक्ष ओली भने झापातिर हिडेका हुन् ।




