काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटि बैठक बोलाएको छ ।
बैठक शुक्रबार बिहानका लागि बोलाइएको हो । पुस ११ गते गतेबाट शुरु हुने राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।
सम्मेलनमा पेश गर्ने दस्तावेज अध्यक्ष प्रचण्डले तयार गरिसकेको र शुक्रबार स्थायी कमिटिमा छलफल गर्ने तयारी माओवादी केन्द्रको रहेको छ ।
प्रचण्डको सचिवालयका अनुसार झण्डै १५ दिन लगाएर उनले तयार गरेको प्रतिवेदनलाई बिहिबारै अन्तिम रुप दिइसकेको र शुक्रबार स्थायी कमिटि बैठकमा पेश गर्ने तयारी छ ।




