काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।
माओवादी केन्द्रका अनुसार बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने भएको हो । प्रवक्ता कृष्णबहादुर महराले सम्मेलनका बारेमा जानकारी दिन लागेका हुन् । माओवादी केन्द्रले पुस ११ गतेदेखि पहिलो राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ ।




