काठमाडौं । नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित आरजु राणा देउवाले मतदातालाई धन्यवाद दिएकी छन् ।
फेसबुकमार्फत देउवाले महाधिवेशन प्रतिनिधिसहित, जिल्ला सभापतिहरुलाई समेत धन्यवाद दिएकी हुन् । महिला खुलातर्फको केन्द्रीय सदस्यमा देउवा तेस्रो सर्वाधिक मतसहित विजयी भएकी हुन् ।
महिला खुलातर्फ सर्वाधिक मत भने डिला संग्रौला पन्तले पाएकी थिइन् ।




