राजनीति

माओवादी बाग्मती प्रदेश कमिटिको नेतृत्वका लागि चुनाव शुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ ।

अध्यक्षसहितका नौ पदमा २७ जनाको उम्मेदवारी कायम भएपछि मतदान शुरु भएको हो । २९ जनाको उम्मेदवारी परेकोमा दुई जनाले मात्र फिर्ता लिए ।

अध्यक्षमा दीनानाथ गौतम र सरल सहयात्रीका बिचमा प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा २ जना र सचिवमा ४ जना, उपाध्यक्षमा ९ जना, सहसचिवमा ११ जना र कोषाध्यक्षमा ३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *