राजनीति

ओलीले अदालतको फैसलाविपरित संसद अवरुद्द गरेको माधव नेपालको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको बताएका छन् ।

समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली अदालतको फैसला मान्ने पक्षमा नरहेको बताएका हुन् । सर्वोच्च अदालतको फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको अध्यक्ष नेपालको भनाई छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरित गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको अध्यक्ष नेपालले आरोप लगाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *