देश

बैशाख ११ गते कांग्रेस संसदीय दलको नेता निर्वाचनको कार्यतालिका सार्बजनिक

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको लागि वैशाख ११ गते निर्वाचन हुने भएको छ ।

निर्वाचन समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा ११ वैशाख दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने सूचना प्रकाशित गरेको छ ।

समितिले संसदीय दलको विधान अनुसार निर्वाचन कार्यतालिका सार्बजनिक गरेको जानकारी दिएको छ ।

जस अनुसार, १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने, अन्तिम नामावली भने ११ गते दिउँसो साढे ३ बजे गरिने, बैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता र ११ गते दिउसो ४ बजेदेखि ५ बजेसम्म मतदान हुने कार्य तालिका सार्बजनिक गरिएको छ ।

मतदान सिंहदरबारस्थित कांग्रेस संसदीयदलको कार्यालयमा हुने जानकारी निर्वाचन समितिले दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *