राजनीति

चित्रलेखा यादव कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् ।

सभापति शेरबहादुर देउवा प्यानलबाट प्रदेश दुईको भूगोलको महिला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी उनले गिता चौधरीलाई ८४६ मतान्तरले पराजित गरेकी हुन् ।

४६६२ मत खसेकोमा चित्रलेखाले २७३१ मत पाएकी छन् भने चौधरीले १८८५ मत पाएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *