काठमाडौं । नेपाली काँग्रेसको बाग्मती प्रदेश सभापतिमा पराजित भएपछि नेता जगदीश्वर नरसिंह केसी वीपीको जन्मस्थान पुगेका छन् ।
हेटौडामा पार्टीको प्रथम बाग्मती प्रदेश अधिवेसनमा पराजित भएपछि नेता केसी बीपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जा पुगेर लोकतन्त्रको बाटो सम्झिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,‘वीपीले पहिलोपटक धर्ती स्पर्श गर्नुभएको दुम्जाको माटोमा उभिएर बीपीले निर्माण गर्नुभएको कांँग्रेस, अघि सार्नुभएको आदर्श र देखाउनुभएको लोकतन्त्रको बाटोलाई सम्झिएँ ।’
पार्टीलाई विधिविहीन र कार्यकर्तालाई विवेकविहीन बनाउने कार्यविरुध्द सङ्घर्ष गर्ने प्रतिबद्धता समेत गरेको उनले लेखेका छन् ।




