काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी विधान संशोधन गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले विधान संसोधन गरेको हो । प्रदेश र पालिकामा पाँच सदस्यीय पदाधिकारी रहने व्यवस्था संसोधन गर्दै सात सदस्यीय पदाधिकारी रहने र पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था माओवादीले गरेको हो ।
केन्द्रीय कमिटिको बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेको छ । सदस्यता नविकरणका लागि माओवादीले आजसम्मको समय दिएको थियो । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा हुँदैछ ।




