देश

संसदीय दलको नेता चयनका लागि कांग्रेस सक्रिय, ३ बजे छलफल

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ ।

निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि आमन्त्रण गरेका हुन् ।

छलफल आज दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने एक सांसदले जानकारी दिए ।
‘दलको कार्यालयबाट सहमहामन्त्रीले छलफलका लागि बोलाएको सूचना आएको छ,’ ती सांसदले भने, ‘दिउँसो ३ बजेका लागि बोलाइएको छ ।’

यसअघि संयोजक रसाइलीले शुक्रबार (४ चैत) कांग्रेसले संसदीय दलको नेता चयन गर्ने कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए । उनले २ चैतमै निर्वाचन कार्यतालिका प्रकाशित गरिने जानकारी दिएका थिए ।

तर हालसम्म पार्टीले औपचारिक रूपमा कार्यतालिका सार्वजनिक गरेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *