काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बिहीबार केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो ।
बैठक आन्तरिक तयारीका लागि स्थगित गरिएको नेताहरुले बताएका छन् । अहिले दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
छलफलबाट निस्केर संस्थापन पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले वार्ता सकरात्मक रहेको जानकारी दिए । “आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौँ, वार्ता सकरात्मक छ,” उनले भने ।




