राजनीति

विमलेन्द्र, शशांक र प्रकाशमानबीच छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पुगेका छन्।

अहिले उनीहरुबीच छलफल भैरहेको एक नेताले जानकारी दिए ।यसअघि, नेताहरुले निधि र कोइराला निवासमा छलफल गरेका थिए । उनीहरुबीच महाधिवेशनसम्म मिलेर जाने सहमति पनि भइसकेको छ । महाधिवेशन नजिकिँदै जाँदा नेताहरुको भेटले तीव्रता पाएको हो ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा तय भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *