राजनीति

शहीद दिवसमा तरुण दलको जनचेतना अभियान

काठमाडौं । नेपाल तरुण दलले माघ १६ गते शहिद दिवसमा कोभिड–१९ सम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने भएको छ । अध्यक्ष जीतजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, शहिदहरुको सम्मानमा कोभिड–१९ सम्बन्धि जनचेतना अभिवृद्धि हुने विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरु गरी मनाउने निर्णय नेपाल तरुण दलले गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली काँग्रेस पार्टीको केन्द्रिय समितिको निर्देशनअनुसार २०७७ साल माघ १९ गते सोमबार सबै भातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्ने निर्णय भएको छ ।

नेपाल तरुण दल त्यस जिल्ला समितिले नेपाली काँग्रेस जिल्ला समिति संग समन्वय गरी जिल्ला पार्टी कार्यालयमै सबै जिल्लास्तरीय भातृ संस्थाहरुको तुरुन्त बैठक राखी माघ १९ गते गरिने विरोध कार्यक्रम तय गरी संयुक्त रुपमा विरोध कार्यक्रम गर्न यो परिपत्र गरिएको अध्यक्ष बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *