देश

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा (मकवानपुर)। बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्री आलेमगरलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मुख्यमन्त्री किरण थापामगरले आलेमगरलाई शुक्रबार मन्त्री पदमा नियुक्त गरेका थिए ।

मन्त्री आलेमगर काठमाडौँ क्षेत्र नं. १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् । उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *