काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा छापा मारेको छ ।
सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा छापा मारिएको पुष्टि गरे ।
सीआईबीको टोलीले अनुसन्धानका लागि आवश्यक कागजातहरू नियन्त्रणमा लिएको जनाएको छ ।




