देश

१० दिनपछि उद्धार गरिएका एक व्यक्तिलाई अस्पतालको आईसीयुमा अन्तर्वाता लिएकोप्रति काउन्सिलको आपत्ती

काठमाडौं । प्रेस काउन्सि नेपालले रसुवामा आएको बाढीमा माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरी एक अस्पतालको आईसीयुमा उपचाररत व्यक्तिहरूसँग अन्तर्वार्ता लिँदै बंकर नामक युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीप्रति काउन्सिलले आपति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।

यसअघि पनि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शकको एक अस्पतालमा उपचाररत रहेको अवस्थामा आईसीयुबाट अन्तर्वार्ता लिई बिबिसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषय समेत काउन्सिलको जानकारी भएको जनाएको छ ।

काउन्सिलले सम्प्रेषित सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन, अनुगमन गरिरहेको र यस विषयमा अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचार भएको बेहोरा विज्ञप्तिमार्फत सबै निकायका लागि जानकारी गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *