देश

फोरेन्सिक मेडिसिनलाई राज्यले बेवास्ता गरेको पोष्टमार्टम विज्ञ डा. वस्तीको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले फोरेन्सिक मेडिसिन अर्थात् कानुनी चिकित्सालाई वेवास्था गरेको फोरेन्सिक मेडिसिन विज्ञ प्राडा हरिहर वस्ती दाबी गरेका छन् । विपत व्यवस्थापन तथा आपतकालीन घटनाका प्रमाण संकल्न गर्ने कार्यमा सरकार चुकेको प्राडा वस्तीले दावी गरेका हुन् । उनले एक संचारमाध्यमका एक अन्तवार्ता दिदैँ यस्तो बताएका हुन्।

विश्वमा मृत्युको कारण पहिचान गर्ने, शंकास्पद मृत्युको वास्तविकता पत्ता लगाउने, यौनजन्य हिंसाका पीडितको स्वास्थ्य परीक्षण गर्ने तथा अदालतमा पुग्ने प्रमाणलाई वैज्ञानिक आधार दिने काममा फोरेन्सिक मेडिसिनलाई महत्वपूर्ण स्थान दिएपनि नेपालमा सरकारले त्यसालाई प्राथमिकता नदिएको उनको आरोप छ । उनका अनुसार विनाशकारी विपत्तिमा सयौं नागरिकहरुको ज्यान गएकाले फोरेन्सिक मेडिसिनलाई सरकारले अग्र स्थानमा मान्यता दिनुपर्ने उनको भनाइ छ ।

फोरेन्सिक मेडिसिन विज्ञ प्राडा हरिहर वस्तीले राज्यले सो विषयलाई वेवास्था गर्दा देशमा उपलब्ध जनशक्ति, पूर्वाधार र विशेषज्ञता सही ठाउँमा प्रयोग हुन नसकेको बताएका छन् । प्राडा वस्तीले फोरेन्सिक मेडिसिनलाई राज्यले वेवास्था गर्दा देशमा ठूलो समस्या परेको दाबी गरेका हुन् । फोरेन्सिक मेडिसिनलाई सम्बोधन गरेर मेडिकल कलेजहरूमा रहेका विशेषज्ञलाई उपयोग गर्दै आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा सरकारको ध्यान जान आवश्यक रहेको प्रा।डा वस्तीको सुझाव दिएका छन् ।

नेपालमा फोरेन्सिक मेडिसिनका ५० भन्दा बढी विशेषज्ञ छन्,उनले भने,‘‘ जनशक्तिलाई राज्यले आवश्यकताअनुसार उपयोग गर्न सकेको छैन्, ‘मेडिकल कलेजमा फोरेन्सिक मेडिसिनका विज्ञहरू ५० भन्दा बढी छन् ।’’ सरकारले उनीहरुलाई खोजी गरेर सही ठाउँमा सदुपयोग गर्न सक्नुपर्छ, उनले भने । उनका अनुसार सरकारले फोरेन्सिक मेडिसिनका अधिकांश विशेषज्ञलाई वेवास्ता गरेर मेडिकल अफिसरबाट गराउने गरिएको छ । देशका विभिन्न ठाउँमा फोरेन्सिक मेडिसिनका विशेषज्ञलाई वेवास्ता गरेर जिल्ला अस्पतालमा मेडिकल अफिसरलाई मेडिसिनको वैधानिकता दिने कार्यमा अवसर प्रदान गरिएको छ ।

फोरेन्सिक मेडिसिनका विज्ञलाई प्रयोग नगरेर प्रशासनिक जिम्मेवारी खटाउनु पनि दुःख कुरा रहेको उनको भनाइ । फोरेन्सिक मेडिसिनमा ११औँ तहसम्म पुगेका विशेषज्ञलाई स्वास्थ्य सेवा विभागको प्रशासनिक महाशाखाको जिम्मेवारी दिइएको उनले बताए । ‘फोरेन्सिक मेडिसिनको ११औँ तहको विशेषज्ञले देशमा विपतको समयमा आवश्यकता अनुसारको काम फिल्डामा गएर गर्नुपर्नेमा राज्यले यसको महत्व नबुझेर स्वास्थ्य सेवा विभागको महाशाखाको प्रशासनिक जिम्मेवारीमा राखेको छ । यो कुरा भने सही होइन्,उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *