राजनीति

रास्वपामा बालेनको टिमबाट ४० जना समानुपातिक उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन)को टिमबाट ४० जना उम्मेदवार समावेश हुने भएका छन्।

आइतबार बिहान रास्वपा र बालेन पक्षबीच भएको सहमतिका अनुसार बालेनको टिमले तयार पारेको ४० जनाको सूची सबैलाई रास्वपामा समेट्ने निर्णय भएको हो।

रास्वपा स्रोतले बताएअनुसार, “बालेनजीको टिमले ४० जनाको सूची तयार पारेको बताएपछि रास्वपाले सबैलाई समावेश गर्न भनेको छ। बाँकी ७० जना रास्वपातर्फका हुनेछन्। यसबारे मौखिक समझदारी भएको हो,” स्रोतले जानकारी दिए।

प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा सोमबार (पुस १४) सम्म समानुपातिकतर्फ ११० जनाको नाम बुझाइसक्नुपर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *