जलश्रोत/उर्जा

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

बैतडी। बैतडीका दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाकाको वडा नम्बर २ शर्माली र वडा नम्बर ३ सौगडामा विद्युत् सेवा विस्तार भएको हो ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार भारतसँग सिमाना जोडिएको शिवनाथ–२ शर्मालीका ५८ घरमा बिजुली पुगेको छ ।

वडा नम्बर ३ को सौगडामा पनि धमाधम विद्युतीकरण भइरहेको छ । बिजुली विस्तार गर्न बाँकी रहेका ४ र १ नम्बर चाँडै काम थालिने साउदले बताए ।

शिवनाथका वडा नम्बर ५ र ६ मा यसअघि नै बिजुली बलिसकेको छ । गाउँमा बिजुली बलेसँगै अन्न कुट्नेपिस्ने मिल सञ्चालन भएका छन् ।

शिवनाथ क्षेत्रमा ११ केभी लाइन विस्तार गरेर बिजुली बालिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *