काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरिएको हो ।
यसअघि सभामुख डीपी अर्यालको सिफारिसमा हर्कराज राईलाई पदमुक्त गरिएको थियो । उनी पदमुक्त भएसँगै सो पदमा नयाँ नियुक्ति गरिएको हो ।




