काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन कुनै न कुनै राजनीतिक दलसँग मिल्नै पर्ने बाध्यता रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन गाह्रो रहेको बताए । उनले बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुनेकुरा स्वाभाविक भएको पनि बताए ।
सबै मिलेर सरकार बनाउनु राम्रो कुरा पनि भएको जिकिर गरे । बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुनेकुरा स्वाभाविक रहेको पनि बताए । जसकारण राजनीतिमा उतारचढाव आउनु स्वाभाविक रहेको तर्क गरे ।
सभापति देउवाले भने ‘हाम्रो देशमा यो बहुदलीय व्यवस्थामा कम्पिटिशन हुनेकुरा स्वाभाविक हो । अरु उतारचढाव हुने स्वाभाविक हो । तै पनि अहिले हामीले हेरिरहेका छौँ, हाम्रो देश अघि बढेको छ । अहिलेको राजनीतिक प्रणाली मात्रै होइन, समावेशी राजनीति छ । महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व भएको व्यवस्था छ । त्यस मानेमा यो समावेशी संविधान बनाएका छौँ । समावेशी व्यवस्था छ । तर एउटा समस्या पनि छ । यसमा कसैको पनि बहुमत आउन सक्दैन । कुनै पार्टीको पनि बहुमत आउन सक्दैन । कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । बहुमत ल्याउनै पर्छ सरकार बनाउन त । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता र आवश्यकता छ । नमिले हुँदै हुँदैन, बाध्यतै हो यो । राम्रो कुरा पनि हो यो । कमसेकम सबै मिलेर काम गर्नु राम्रो पनि छ । मन परेको होस्, मन नपरेको होस् त्यस्तै छ । के गर्नुहुन्छ, काम गर्नुपर्ने छ । ’
सभापति देउवाले समूहिकृत रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।




