देश

आफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार

काठमाडौं । नेपाली कांग्रेसका नेता आफताब आलमसहित चार जनालाई सफाइ दिने उच्च अदालत जनकपुरको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता तथा सहन्यायाधिवक्ता सूर्यराज दाहालका अनुसार, उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जले पुनरावेदनका लागि आवश्यक मिसिल तयार गरिरहेको छ। “पुनरावेदनमा जाने निर्णय भइसकेको छ। मिसिल प्राप्त भएपछि सर्वोच्चमा दर्ता गरिनेछ,” दाहालले जानकारी दिए।

 

उनका अनुसार, यो साता वा आगामी साताभित्र पुनरावेदन दर्ता गरिने सम्भावना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *