देश

कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा जारी, समसामयिक विषयमा छलफल

काठमाडौं ।नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, समसामयिक विषयहरू र पार्टी संगठनका सम्बन्धमा छलफल हुँदैछ।

बैठक सभापति देउवाले सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्नका लागि बोलाएका हुन्। बैठकमा विशेष गरी पार्टीका सात भ्रातृ संगठनका तदर्थ समितिबारे निर्णय हुने अपेक्षा गरिएको छ।

गएको फागुन १ गते बसेको कांग्रेस पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र लोकतान्त्रिक खेलकुद संघलाई महाधिवेशन गर्न निर्देशन दिएको थियो। तर ती संगठनहरूले सो समयसीमाभित्र महाधिवेशन गर्न नसकेपछि तदर्थ समितिका विषयमा निर्णय हुन बाँकी छ।

बैठकमा वर्तमान सरकारको कामकाज प्रभावकारी नदेखिएको भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *