काठमाडौँ । अमेरिकाको अर्को विमानवाहक युद्धपोत मध्यपूर्व नजिक पुगेको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार यूएसएस जर्ज एच.डब्ल्यू. बुश मध्यपूर्व क्षेत्र नजिक पुगेर सेन्टकमको जिम्मेवारी क्षेत्रमा प्रवेश गरिसकेको छ ।
सेन्टकमले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको तस्वीरमा निमिट्ज–क्लासको उक्त विमानवाहक युद्धपोत हिन्द महासागरमा सञ्चालन भइरहेको देखिएको छ ।
यो युद्धपोत पहिले नै क्षेत्रमा रहेका अमेरिकी नौसैनिक जहाजहरूसँग मिसिने हो वा तिनको स्थान लिने हो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन । केही सञ्चारमाध्यमले यसले पुराना जहाजको स्थान लिन सक्ने अनुमान गरेका छन् ।
यसअघि सेन्टकमले विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर. फोर्डले लाल सागर क्षेत्रमा आफ्नो कार्य जारी राखेको जनाएको थियो ।
उक्त जहाजले अमेरिकी पाँचौँ बेडाअन्तर्गत समुद्री सुरक्षामा सहयोग गरिरहेको सेन्टकमले उल्लेख गरेको छ ।




