देश

गैरकानुनी कार्य गर्ने तीन सय बढी पक्राउ

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुद बनाउन पछिल्लो छ महिनामा विभिन्न गैरकानुनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा लिएको छ । आज आयोजित पत्रकार भेटमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवकुमार भट्टराईले पक्राउ परेकामध्ये ६१ जनाविरुद्ध मुद्दा दायर भएको जानकारी दिए ।

सो अवधिमा काठमाडौँ प्रहरीले विभिन्न सार्वजनिक कार्यालयमा सेवाग्राहीलाई दुःख दिने २१ बिचौलिया, सर्वसाधारणलाई दुःख हैरानी दिने १३६, यौनजन्य कार्य १२८ र गुण्डागर्दीमा संलग्न २४ जनालाई पक्राउ गरेको छ । युगाण्डाबाट नेपालमा आई यौन व्यवसाय सञ्चालन गर्ने २० महिलालाई एक वर्षसम्म नेपाल आउन नपाउनेगरी अध्यागमन विभागबाट ‘डिपोर्ट’ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *