देश

प्रधानमन्त्री ओलीले भने ‘विद्या भण्डारीले ‘बम’ पड्काउने सपना देखेका छन्, आस नगरे हुन्छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा (एमाले) ‘ध्वस्त’ हुने सपना नदेख्न आग्रह गरेका छन् ।

जननेता मदन भण्डारीको ७४औँ जन्म जयन्तीका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले बोल्दै पार्टीमा कुनै बम, बारुद नपड्कने बताए केही विरोधीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्कने र उनले ‘बम’ पड्काउने आस गरेका ओलीले टिप्पणी गरे ।

“विद्या भण्डारीले बम पड्काउनुहुन्छ, एमाले ध्वस्त हुन सुरु हुन्छ भन्ने सपना देखेर बसेका छन्,” प्रधानमन्त्री ओलीले भने, “कुनै बम, बारुद, गोला पड्कने वाला छैन, आस नगरे हुन्छ । आस पनि कस्ता कस्ता ?”

आफूहरूले मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जबज जपेर मात्र नबसेको र कार्यान्वयन गरिरहेकोसमेत बताए ।

राष्ट्रिय युवा संघले काठमाडौंको चन्द्रगिरि नगरपालिका–१३ मा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो । ओली त्यहाँ उपस्थित र सम्बोधन गरेका थिए । त्यसबारे नकारात्मक टिप्पणी गरिएको भन्दै उनले आपत्ति जनाए ।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको दिउँसोको यो कार्यक्रम भाँड्न बिहान वृक्षरोपण राखिएको कतिपयको टिप्पणी थियो । “वृक्षरोपणमा लागेको छ, यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे भने,” उनले भने, “यो कार्यक्रम के भाँड्ने ? म आउने कार्यक्रम कसरी भाँडिन्छ ? विद्या भण्डारीजी आउने कार्यक्रम कसरी भाँडिन्छ ?”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *