देश

न्यायाधीश तथा न्यायपरिषद् सदस्यको सुनुवाइ आइतबार हुने

काठमाडौँ। संघीय संसद्, संसदीय सुनुवाइ समितिले आज प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गरेको छ ।

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा विरुद्ध ५ वटा उजुरी परेको थियो ।

जसमध्ये प्रस्तावित न्यायाधीश पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई/दुई वटा उजुरी परेको थियो भने अर्का प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाविरुद्ध एउटा उजुरी परेको थियो ।

न्यायपरिषद्को सदस्यमा सिफारिस हुनुभएका महेशकुमार नेपालका विरुद्ध कुनै पनि उजुरी परेको थिएन । समितिको प्रक्रियाका विषयमा उजुरी हाल्ने एक जना उजुरीकर्तासँग पनि समितिले छलफल गरेको छ ।

उजुरीकर्तासँग छलफल सकेको समितिले अगामी आइतबार सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाई गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *