राजनीति

युवा संघको चुनावमा १,४०४ भोट खस्यो, नतिजा आजै

पोखरा । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ। पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो। १,७६४ प्रतिनिधिमध्ये १,४०४ जना मतदानमा सहभागी भएका छन्।

केही समयमै मतगणना सुरु हुने र आजै नतिजा आउने निर्वाचन कमिटीले जनाएको छ। मुचुल्का तयार पारी डेढ घण्टा जति पछिबाट मतगणना सुरू गर्ने निर्वाचन समितिको तयारी छ। विद्युतीय भोटिङ भएकाले छिट्टै नतिजा आउनेछ।निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *