काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले संक्रमणकालिन न्याय सम्बन्धी कानून निर्माण पूरा भएको बताएकी हुन् ।
बिहीवार ललितपुरमा आयोजित महिला शान्ति र सुरक्षाका सम्बन्धमा ‘कार्यान्वयनको हालसम्मको अवस्था र आगामी कार्यदिशा’ विषयक कार्यक्रमका उनले यस्तो बताएकी हुन् ।
उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक समितिमा आएपछि निकै मेहनेतका साथ काम गरेर अन्तिम टुङ्गोमा पु¥याएको बताइन् । उनले द्वन्द्व पीडितको न्यायको विषय संवेदनशिल भएको बताइन् ।
उनले द्वन्द्वसँग जोडिएका विषय संवेदनशिल र जटिल भएकाले यो राष्ट्रिय महत्वको विषय भएको बताइन् । शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि पीडितले न्याय पाउन नसक्नु दुःखद् भएको बताइन् ।
सभापति सुवेदीले बेपत्ता, घाइते तथा शहीद परिवारको पीडा न्यायसँग जोडिएकाले कानूनले उचित न्याय प्रदान गर्नुपर्नेमा जोड दिइन् ।




