काठमाडौँ । काठमाडौँमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहेका छन् ।
चौथाइवालेले विहिबार अपराहन्न कांग्रेस महामन्त्री गगन थापासँग लन्च मिटिंग गरेका छन् ।चौथैवालेले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता उदय शमशेर राणा, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
त्यस्तै उनले बुधबार गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरेका थिए ।




