देश

रेशम चौधरी पक्राउ परेपछि जनमत र नागरिक उन्मुक्तिको एकता कार्यक्रम स्थगित

काठमाडौं । रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले चौधरीको पक्राउको घटनाको भर्त्सना गरेका छन् । उनले आजको एकीकरण घोषणा कार्यक्रम स्थगित भएको जानकारी गराउदै थप सूचना बैठक बसेर दिने बताएका छन् ।

एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो ।

प्रहरीले टीकापुर घटना बारे सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको बताएको छ । अहिले चौधरीलाई डिल्लीबजार जेलमा लागिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *