राजनीति

डा. बाबुराम भट्टराईद्वारा भारतीय रक्षामन्त्रीसँग भेट, कश्मिर घटनाको निन्दा

काठमाडौँ,। भारत भ्रमणमा रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन्।

डा भट्टराईको सचिवालयका अनुसार भएको भेटमा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा छलफल भएको छ।

सो अवसरमा पूर्वप्रधानमन्त्री डा भट्टराईले हालै कश्मिरको पहेलगाममा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए। डा भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनका लागि भारत भ्रमणमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *